जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार ११:४१

विकसित घटनाक्रमका कारण भ्रमण छोट्टयाएर फर्किएको परराष्ट्र मन्त्री ज्ञवालीको भनाई


काठमाडौं, मंसिर १३

रूस र सर्वियाको भ्रमणमा जानु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किनु भएको छ । उहा पूर्वनिर्धारित कार्यक्रमको दुई दिन अघि नै भ्रमण छोट्टयाएर स्वदेश फर्किनु भएको हो ।

शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुग्नु भएका मन्त्री ज्ञवालीले पछिल्लो विकसित घटनाक्रमले स्वदेश फर्किएको बताउनु भयो । विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण आफू छिटो आएको बताउनु भयो । यद्यपी उहाले त्यस्तो परिस्थिति के हो भन्नेबारे प्रष्ट खुलाउनु भएन ।

मन्त्री ज्ञवाली शनिबार रूस प्रस्थान गर्नुभएको थियो । मस्कोमा उहाले रूसी समकक्षी सर्गेई लाभरोभसँग द्वुपक्षीय भेटवार्ता गर्दै रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई नेपाल भ्रमण गर्न निम्तो दिनुभएको थियो । रूस भ्रमण सकेर सर्विया पुग्नु भएका परराष्ट्र मन्त्री ज्ञवालीले आज सर्वियाली राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो ।