जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार ११:५३

साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खेल्ने


काठमाडौं, मंसिर १३

नेपाल प्रहरीबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मंसिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभागिता रहने भएको हो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नेपाल प्रहरीले १९ खेलमा सहभागिता जनाउने जानकारी दिनुभयो । प्रहरीले पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टनमा सहभागिता जनाउने छ । टेबलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुस्ती र महिला बास्केटबलमा पनि सहभागिता रहने प्रवक्ता पोखरेलले बताउनुभयो ।