जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १२:३९

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते


चितवन, मंसिर १४

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिग्रिएर रोकी राखेको बसलाई ट्रकलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।