जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १३:२५

१५ वर्षीय बहिनी बलात्कार गर्ने २५ वर्षीय दाजु पक्राउ


गुलरिया, मङ्सिर १४

करिब साढे एक महिना अगाडी १५ वर्षीय बहिनी बलात्कार गरेको आरोपमा २५ वर्षीय दाजु पक्राउ परेका छन । हाडनाता भित्र कै बहिनीलाई त्यस्तो अपराध गरेपछि उनलाई ज्यान मार्ने धम्कि दिएको हुनाले घटना गुपचुप रहेको थियो । केहि समय गुपचुप राखे पनि अन्तत किशोरीले आफ्नो फुपुलाई घटना सुनाएपछी घटना बाहिरिएको थियो । फुपूले नै बलात्कारीविरुद्द जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

असोज महिनामा साथीको घरमा सुतेको अवस्थामा दाजुले राती ११ बजे ढोका खोल्न लगाई एकछिन काम छ भन्दै ट्वाईलेट पछाडी लगि जबरजस्ती करणी गरी कसैलाई भनेमा मार्छु भन्ने ध समेत दिएको पीडितले प्रहरी समक्ष बयान दिएको उनले बताए। आरोपीलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको एसपी वास्तोलाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले युवकलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ ।