जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १५:४९

दाङको बाहुनडाँडा मतदान केन्द्रमा सबै महिला कर्मचारी


दाङ, मंसिर १४

जिल्ला निर्वाचन कार्यालय दाङले जिल्लाको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाएको छ । स्थानीय निर्वाचनअन्तर्गत घोराहीको बाहुनडाँडा केन्द्रमा महिला कर्मचारीमात्र खटाइएको हो । यस केन्द्रमा मुख्य निर्वाचनको कार्यालयले खटाएका ७२ महिला कर्मचारीले अहिले शान्तिपूर्ण तरिकाले मतदानको व्यवस्था गरिरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । निर्वाचनलाई नमूना बनाउनका लागि र महिलालाई विश्वास गरेर एउटा निर्वाचनमा महिला कर्मचारी मात्र खटाइएको उहाँले बताउनुभयो ।

उपनिर्वाचन २०७६ अन्तर्गत दाङमा दुई स्थानमा हुने उपनिर्वाचनका लागि ३४ स्थानमा मतदानको काम भइरहेको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार अहिले क्षेत्र नं ३ ९ख०को प्रदेशसभा सदस्य पदका लागि र घोराही–१६ को वडाध्यक्ष पदका लागि ३४ मतदान स्थलबाट मतदान भइरहेको छ । निर्वाचनमा ३३८ पुरुष र ७२ महिला गरी ४१० कर्मचारी खटिएका छन् भने थप ३२६ जना स्वयम्सेवक परिचालित छन् ।