रुकुम, मंसिर १४
थवाङ गाँउपालिका –१ को वडाध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दुईतिहाई मतका साथ विजयी हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढामगरले १७४ मतका साथ विजयी हुनु भएको हो ।
यो वडामा कुल मतदाता १२८४ भएपनि केवल २०९ मत खसेको थियो । खसेको मत मध्ये उहाले सो मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । कांग्रेसका उम्मेदवार रोका मगर जम्मा २६ मत प्राप्त गरेका छन् । सबै २०९ मत मध्ये ९ वटा भोट बदर भएको छ ।
निर्वाचनमा ११० पुरुष र ९५ जना महिलाले मात्रै मतदान गरेका थिए । थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्