जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार १९:२०

कञ्चनपुरको पुनर्वास–३ वडाध्यक्षमा नेकपा विजयी


काठमाडौं, मंसिर १४

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को वडाध्यक्षमा नेकपा विजयी भएको छ । सो निर्वाचन क्षेत्रमा १ हजार १९९ मतदाता भएकोमा ९२४ मत खसेको थियो ।

जसमा नेकपाका वडाध्यष कृष्ण तामाङले ५२८ मत ल्याएर विजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत ल्याउनु भयो । यसैगरी समाजवादीका भीम तामाङले ७४ र राप्रपाका पदम शाहीले ७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।