जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार ०९:२९

कास्की–२ विद्याको दोब्बर मतको अग्रता


पोखरा, मंसिर १५

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपाले दोब्बर बढि मतको अग्रता लिएको छ । नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाउदै लैजानु भएको हो ।

पछिल्लो मतपरिणाम अनुसार विद्याले ६ हजार ७९५ मत ल्याउनु भएको छ । उहालाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ९४ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्मको मतपरिणाम हेर्दा विद्या खेमराज भन्दा ३ हजार ७०१ मत अगाडी हुनुहुन्छ । अहिले वडा नम्वर ३३ र २१ को मतगणना भईसकेको छ ।