जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार १०:१६

३ वटा वडा गणना गर्दा विद्याको ४५ सय बढि मतको अग्रता


पोखरा, मंसिर १५

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपाले दोब्बर बढि मतको अग्रता लिएको छ । नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाउदै लैजानु भएको हो ।

पछिल्लो मतपरिणाम अनुसार विद्याले ८ हजार २६५ मत ल्याउनु भएको छ । उहालाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्मको मतपरिणाम हेर्दा विद्या खेमराज भन्दा ४ हजार ५८३ मत अगाडी हुनुहुन्छ । अहिले वडा नम्वर ३३, २१ र २० नम्वर वडाको मतगणना सकिएको छ ।