जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार १०:२७

पोखरामा बाटो खन्दै गरेका ५ मजदुर पुरिए, उद्धार जारी


पोखरा, मंसिर १५

पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ५ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका छन् । आज बिहान काम गर्दै गरेका मजदुर पुरिएको पोखरा २० का वडाध्यक्ष सिम गुरूङले जानकारी दिनुभयो ।

सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका हुन् । उनीहरूलाई निकाल्ने प्रयास भइरहेको छ । ती मजदुर स्थानीय नभई कामका लागि त्यहाँ पुगेका हुन् ।

२ जना ढिस्को खस्दा खस्दै भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । पुरिने सल्यान जिल्फाका जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको एसपी कार्कीले बताउनु भयो ।