जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार १०:४०

सिरहाको कल्याणपुरमा कांग्रेसको किल्ला तोड्यो नेकपाले


शुभ नारायण कामती

सिरहा, मंसिर १५

सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी हुनु भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) लाई हराउदै नेकपाका उम्मेदवार दिलिप कुमार यादव निर्वाचित हुनु भएको हो ।

यादवले ८२५ मत ल्याउदा राजपाका उम्मेदवार प्रदिप कुमार महतोले ६५४ मत प्राप्त गर्नुभयो । यसअघि जित हासिल गरेको नेपाली कांग्रेस भने तेस्रो स्थानमा पुगेको छ ।

कांग्रेसका राज कुमार मुखियाले ६१५ मत, सिके राउत नेतृत्वको जनमत पार्टीका मो. अताबुल राइनले १६० मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मो. बसिर राइनले १४१ मत, राप्रपा संयुक्तका मो. अताबुल राइनले २५ मत, समाजवादी पार्टीका किशोरी साहले १० मत, नेपाल लोकतान्त्रिक पार्टीका राजलाल सदाले ५ मत प्राप्त गर्नुभयो ।