जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार ११:०६

दाङमा मतगणना शुरु, नेकपाको अग्रता


दाङ, मंसिर १५

उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ (ख)को मतगणना शुरू भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रारम्भिक मतपरिणाम अनुसार नेकपाकि उम्मेदावार बिमलाकुमारी खत्रीले ८३१ मत पाउनु भएको छ । नेपाली कांग्रेसका केशव राज शर्माले २६२ मत प्राप्त गर्नुभएको छ । मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो । शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए ।