जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार ११:१२

अपडेट : ढिस्कोमा पुरिएका पाँचै जनाको मृत्यु


पोखरा, मंसिर १५

पोखरा–२० को मौजामा बाटो खन्ने क्रममा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु भएको छ । बाटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर सल्यानको एकै गाउँका ५ को मृत्यु भएको हो ।

पोखरा महानगरको कनेक्टिभिटी सडक निर्माणको काम गर्दै आएका सल्यानको बागचौर नगरपालिका–४, पेदीखोलाका ५ जनाको आइतबार बिहान ज्यान गएको वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् ।

पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा आइतबार बिहान ढिस्को खसेर मजदुर पुरिएका थिए । सुरुमा ३ जनाको मृत्यु भएकामा थप २ घाइतेको पनि मृत्यु भएको हो ।