सिन्धुली, पुस १६ । सिधुलीकाे कमलामाई नगरपालिकाले अत्यधिक चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा असर नपराेस् भनेर नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले जारी गरेको सूचनाअनुसार २०८२ सालको वर्षे विदाबाट मिलान हुने गरी मिति पुस १७ र १८ गते विद्यालय बन्द रहनेछ। मौसम अनुकूल हुनासाथ विद्यालय सञ्चालन पूर्ववत् रूपमा सुरु गरिने जनाइएको छ।
नगरपालिकाले अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्