हेटौंडा, पुस २५ । कोशी प्रदेश सरकारले नेपालमै पहिलो पटक विशेषज्ञ सेवासहितको घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। अत्याधुनिक सुविधासहितको उक्त घुम्ती अस्पतालको उद्घाटन आज प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको हो।
विशेष रूपमा तयार पारिएको अत्याधुनिक बसमार्फत सञ्चालन हुने घुम्ती अस्पतालमा विशेषज्ञ चिकित्सक, प्राविधिक तथा आधुनिक मेडिकल उपकरणको व्यवस्था गरिएको छ। यसअन्तर्गत रेडियोलोजी, प्याथोलोजी सेवा, माइनर अपरेसनलगायतका स्वास्थ्य सेवा सर्वसाधारणको घरदैलोमै पुर्याइने प्रदेश सरकारले जनाएको छ।

घुम्ती अस्पताल सेवाको शुभारम्भसँगै झापा जिल्लाको कमल गाउँपालिकास्थित नगर अस्पताल प्राङ्गणमा सयौँ सर्वसाधारणको सहभागितामा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो।
प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाबाट वञ्चित क्षेत्रका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको यस कार्यक्रमलाई प्रभावकारी बनाउन अहोरात्र खटिएर भूमिका निर्वाह गर्ने कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा सम्पूर्ण प्राविधिक टोलीप्रति प्रदेश सरकारले धन्यवाद व्यक्त गरेको छ। साथै, घुम्ती अस्पताल कार्यक्रम सफल कार्यान्वयनको शुभकामनासमेत व्यक्त गरिएको छ।













प्रतिक्रिया दिनुहोस्