रामेछाप, पुस २९ । रामेछापको उमाकुण्ड गाउँपालिका–७ स्थित कास्थेम माध्यमिक विद्यालयमा चार दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय ७७ जना स्थानीयवासी लाभान्वित भएका छन्।
कादुरी एग्रीकल्चरल एड एसोसिएसन (ब्रिटिस गोर्खाज नेपाल), पोखरा–१६ कास्कीको आयोजनामा तथा उमाकुण्ड गाउँपालिकाको समन्वय र सहजीकरणमा शिविर सञ्चालन गरिएको हो। शिविरको पहिलो दिन २ सय ९९, दोस्रो दिन २ सय ७६, तेस्रो दिन ३ सय ४२ र अन्तिम दिन २ सय ६० जनाले स्वास्थ्य सेवा लिएका थिए।
स्वास्थ्य सेवा लिनेहरूमा ६ सय ९४ महिला र ४ सय ८३ पुरुष रहेका छन्। ग्रामीण भेगका नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरले स्थानीयस्तरमा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्