जनता टाइम्स

१ माघ २०८२, बिहीबार २१:४४

ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु


भक्तपुर, माघ १ । वाग्मती प्रदेश सरकार र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा ख्वप अस्पतालमा सिटी स्क्यान (CT Scan) सेवा सुरु गरिएको छ ।

वाग्मती प्रदेश सरकारको ५ करोड र भक्तपुर नगरपालिकाको ६ करोड रुपैँया लगानीमा जडान गरिएको सिटी स्क्यान मेसिनबाट आजदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा आएको हो । यससँगै भक्तपुर र आसपासका जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय स्तरमै प्राप्त गर्न सक्ने भएका छन् ।

सिटी स्क्यान सेवा सुरु भएसँगै जटिल रोगको पहिचान तथा उपचारमा सहजता आउने विश्वास लिइएको छ । स्थानीयवासीले अब महँगो खर्च र टाढा अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

स्वास्थ्य सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रदेश स्वास्थ्य मन्त्रालय तथा भक्तपुर नगरपालिकाप्रति सरोकारवालाहरूले आभार व्यक्त गरेका छन् ।