जनता टाइम्स

१७ माघ २०८२, शनिबार १४:१५

बालेनको घरमा चोरी होइन-गेटमा सामान्य तोडफोड : चोरी को प्रयास कि-चर्चामा आउन हल्ला ?


काठमाडौं, माघ १७ । काठमाडौं महानगपालिकाका पूर्वप्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा क्षेत्र नं ५ मा चुनाव लड्न लागेका नेता बालेन्द्र साह बालेनको काठमाडौं स्थिति घरमा शुक्रबार राति चोरी भयो भनेर शनिबार बिहानै हल्ला फैलियो ।

प्रहरीले सो घटनामा व्यावसायिक चोरहरूको सहभागिता भएको आशङ्का गरेको समाचार आयो । एमाले अध्यक्ष केपी ओलीसँग चुनाव लड्न झापा पुग्नु भएका बालेनले पश्चिम नेपाल भ्रमणको क्रममा डमी समेत खडा गरेर हिँडाएको सूचना नोटिस गरिरहेको प्रहरीले कतै यो बालेनको अर्को प्रोपोगाण्डा त होइन भन्दै सूक्ष्म अनुसन्धान सुरु गरायो ।

प्रहरीको केही बेरको अनुसन्धानले नै पत्ता लाग्यो बालेनको घर चोरी भयो भन्ने हल्ला हल्ला मात्रै थियो । बालेनको घरको बाहिर ग्रिल केही फोरिएको भए पनि चोरी नभएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।

गौशाला प्रहरी वृत्तका प्रहरीका अनुसार सिनामंगलको पन्चकुमारी मन्दिर नजिक रहेको बालेनको घरसँगै म्यानपावर कम्पनीको अफिस छ । त्यहाँ मान्छेको भिड हुँदा बालेनको घरमा चोरीको आशङ्का गरिएको भए पनि चोरी नभएको प्रहरीले जनाएको छ ।

अकस्मात् चोरीको हल्ला किन फिँजाइयो ? त्यो चोरीको प्रयास थियो वा नियोजित हल्ला ? चासोको विषय बनेको छ ।