जनता टाइम्स

१८ माघ २०८२, आईतवार ११:०२

असल जनप्रतिनिधिको पहिचान : सुनिताले नेतृत्व लिएपछि काठमाडौं महानगरले थाल्यो जनहितकारी काम


काठमाडौं, माघ १८ । साढे तीन बर्षसम्म काम कम, चर्चा ज्यादा कमाएको काठमाडौं महानगरपालिकाले अव भने लोककल्याणकारी काम थालेको छ ।  मतदातासँग एकपटक पनि सात्क्षात्कार नगरी राजीनामा दिएर मेयर बालेन्द्र साह (बालेन) हिडेपछि नेतृत्व सम्हाल्नुभएकी कार्यबहाक मयर सुनिता डंगोलले योजनावद्ध रुपमा लोककल्याणकारी काम अघि बढाउनु भएको हो ।

महानगरपालिकामा मेयरभन्दा बढी मत ल्याएर निर्वाचित सुगिरिव, असहाय र बिपन्न नागरिक लक्षित काम अघि बढाउनु भएको छ । यही क्रममा महानगरपालिकाले ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने योजना अघि बढाएको छ । सो कामको लागि महानगरले स्वयंसेवी खटाएर सर्वेक्षण सुरु गरेको छ । सो कामका लागि डंगोलले शनिवार सर्वेक्षणका लागि महानगरको टीम परिचालन गर्नुभएको छ ।

सो क्रममा कार्यबहाक मेयर डंगोलले पदीय दायित्व मात्र होइन, सेवा भावले काम गर्न आग्रह गर्नुभएको छ । महानगरबाट सुनिताकै योजनामा ‘जसको केही छैन अर्थात आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन अर्थात सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो ।’

महानगरपालिकाले जनाएअनुसार शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न अव घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित सर्वेक्षणको काम प्रारम्भ भएको हो ।
सुनिताको यो कामले महानगरमा रहेका हजारौं जेष्ठ नागरिकले सेवा पाउने छन ।