जनता टाइम्स

१८ माघ २०८२, आईतवार १०:५५

मकवानपुर–२ बाट महेश बर्तौलाकाे सानदार जित हुन्छ : गोकुल बास्काटा


मकवानपुर,माघ १८ । नेकपा एमालेका नेता गोकुल बास्काटाले मकवानपुर क्षेत्र नं २ बाट एमाले उम्मेदवार महेश बर्तौलाले सानदार जित हासिल गर्नुहुने विश्वास व्यक्त गर्नुभएको छ । चुनाव प्रचार अभियानका क्रममा मकवानपुर पुग्नुभएका नेता बास्काटाले थाहानगरतर्फ जाने क्रममा आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमार्फत यात्रा अनुभव सुनाउँदै राजनीति र प्रकृतिबीचको दृष्टिभ्रमलाई रोचक ढंगले प्रस्तुत गर्नुभएको छ । ‘अग्लो ठाउँबाट परको हिमाल आफुभन्दा होचो र धुम्मैलो देखिन्छ, अझ तलको थानकोट चन्द्रमाको क्रेटरजस्तै लाग्छ ।’

उहाँले मानिसहरूलाई समेत टाढाबाट हेर्दा कमिलाजस्तै देखिने अनुभूति भएको उल्लेख गर्दै राजनीति र प्रकृतिको मिश्रित दृष्टिभ्रमको मज्जा फरक हुने बताउनुभएको छ । यस्ताे अनुभूतिको बीचमा पनि नेता बास्काटाले मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । ‘तर महेश सानदार जित्नुहुन्छ,’ उहाँले स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ ।

नेता बास्काटाको यो अभिव्यक्तिलाई एमालेले चुनावी माहोलमा उत्साहजनक सन्देशका रूपमा लिएको छ ।