जनता टाइम्स

१९ माघ २०८२, सोमबार १४:४३

निर्वाचन मुखमै एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष सहित ३ सयभन्दा बढी नेता–कार्यकर्ता एमाले प्रवेश  


कास्की, माघ १९ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा तत्कालीन नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहित तीन सयभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।

निर्वाचनको मुखमा भएको यो प्रवेशले कास्कीको राजनीतिक वातावरणमा नयाँ मोड आएको छ । यसले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको विश्लेषकहरू बताउँछन् ।

एमालेले आयोजना गरेको ‘घर फर्क’ कार्यक्रमअन्तर्गत उहाँहरूलाई पार्टीमा स्वागत गरिएको थियो । उहाँहरुलाई एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले पार्टीमा स्वागत गर्नुभयाे ।

कार्यक्रममा रेग्मीसहितका नेता–कार्यकर्ताले एमालेमा फर्किएर पुनः संगठन निर्माणमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ।

एमाले‍‍ले पार्टी छाडेर अन्यत्र गएका नेता–कार्यकर्ताहरू पुनः फर्किएका भन्दै यसले संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।  निर्वाचन नजिकिँदै गर्दा कास्कीमा भएको यो ठूलो प्रवेशलाई एमालेका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।