काठमाडौं, माघ १९। वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशाला काठमाडौं उपत्यकालाई विशेष रूपमा केन्द्रित गर्दै भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–८ स्थित गणेश माध्यमिक विद्यालयको पुरानो भवनमा स्थानान्तरण गरिएको छ । प्रयोगशाला आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नयाँ स्थानबाट सेवा सुरु भएसँगै रोग निदान प्रक्रिया थप प्रभावकारी, सहज र समयमै हुने विश्वास गरिएको छ । यस प्रयोगशालाको सञ्चालनले उपत्यकासहित वाग्मती प्रदेशका नागरिकलाई गुणस्तरीय जनस्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिनुभयाे ।
प्रयोगशाला शुभारम्भको अवसरमा मन्त्री थापा मगर सहित सरोकारवाला निकाय, स्थानीय तह सहयोगी संस्थाका प्रमुख एवं प्रतिनिधिहरु समेतकाे सहभागिता थियाे ।














प्रतिक्रिया दिनुहोस्