काठमाडौं, माघ २० । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन परिचालनको अनुगमनका लागि प्रदेशगत जिम्मेवारी तोकेको छ।
संयोजक प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रदेशगत निर्वाचन परिचालन अनुगमनका लागि कमाण्डर नियुक्त गर्ने निर्णय गरेको हो। जस अनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि साप्कोटा, वाग्मती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई निर्वाचन परिचालन अनुगमनको जिम्मेवारी प्रदान गरिएको छ।
यस्तै, निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी बनाउन अग्नि साप्कोटाको नेतृत्वमा केन्द्रीय प्रचार समिति गठन गरिएको छ। समितिमा जगन्नाथ खतिवडा र गोविन्द आचार्य सदस्य रहेका छन्।
बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचन तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोर्टिङ प्रस्तुत गरेका थिए। बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आगामी माघ २२ गते बोलाउने निर्णय समेत गरेको छ।













प्रतिक्रिया दिनुहोस्