जनता टाइम्स

२० माघ २०८२, मंगलवार १५:१८

सुनिता डंगोलले नेतृत्व लिएपछि देखिन थाल्यो काठमाडौं महानगरमा सुधारका काम, सवैका लागि खुला भयो बालेनले नीजि बनाएको ‘भीआइपी लिफ्ट’


काठमाडौं, माघ २० । काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा रहेको ‘भीआइपी लिफ्ट’ अब सेवाग्राही सबैले प्रयोग गर्न पाउने भएका छन् । महानगरको नेतृत्व सम्हालेपछि कार्यबहाक मेयर सुनिता डंगोलले लिफ्टमा राखिएको पासवर्ड हटाएर सवैका लागि खुला गरिदिनु भएको हो ।

सुनिताको यो निर्णयसँगै अव महानगरपालिकामा आउने सेवाग्राहीहरु पनि लिफ्ट प्रयोग गर्ने सक्ने भएका छन । तात्कालिन मेयर बालेन्द्र साह (बालेन) ले महानगरपालिकाको लिफ्ट आफूसहित आफूले भनेका भिआइपीले मात्र प्रयोग गर्न पाउने गरी पासवर्ड राख्नुभएको थियो । बालेनको सो निर्णय गलत रहेको निश्कर्षका साथ सुनिताले सवैका लागि खुला गर्नुभएको हो ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले कार्यवाहक मेयर सुनीता डंगोलको निर्देशनमा लिफ्ट खुल्ला गरिएको जानकारी दिनुभयो । गत माघ ६ गते नै लिफ्टको पासवर्ड हटाइएको काफ्लेले जानकारी दिनुभयो । मेयर साह माघ ४ गते राजीनामा दिएर हिडेपछि सुनिताले पहिलो चरणमै लिफ्ट प्रयोगको बिभेदले महानगरवासीमा बिभेद भएको भन्दै पासवर्ड हटाउन निर्देशन दिनुभएको थियो ।

काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा तीन वटा लिफ्ट सञ्चालनमा छन् । जसमध्ये ‘भीआइपी लिफ्ट’ भने २०८१ साल साउनमा तयार भएको हो । सो लिफ्टमा सुरुबाटै बालेनले तोकेका ब्यक्तिका लागि मात्र उपलब्ध हुने गरी सर्वसाधारणको पहुँच थएन । सो लिफ्टको पासवर्ड मेयरसहित उपमेयर र प्रशासकीय अधिकृत मात्र दिइएको थियो ।

दुईवटा भवनबाट सेवा दिइरहेको काठमाडौं महानगरका दुईवटै भवनलाई एउटै बनाइए पनि आधा भाग मेयर–उपमेयर, प्रशासकीय अधिकृत, वातावरण विभागलगायतलाई छुट्याइएको छ । यस्तै अर्को आधा भागमा विभिन्न विभाग, शाखा, महाशाखाहरूको कार्यकक्ष छ । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष भवनको छैटौं तलामा रहेको छ ।

महानगरमा सबैभन्दा बढी सेवाग्राही उनीहरूलाई नै भेट्न आउने गरेको भएपनि बालेनले दुःख दिने नियतका साथ लिफ्ट प्रयोग गर्न रोक्नुभएको थियो । सुनिताले बालेनको सो गल्ती सच्याउनु भएको हो ।