ओखलढुंगा, माघ २०। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङ एमाले उम्मेद्वार जिताउन लाग्ने भन्दै पार्टी छाडनु भएको छ ।
नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै पदबाट राजीनामा दिएर एमाले उम्मेद्वार अस्मिता थापालाई जिताउने लाग्ने घोषण सीतारामले गर्नुभएको हो ।
रुम्जाटार गाविसका तत्कालीन अध्यक्ष समेत रहेका गुरुङ अम्बिरबाबु र उहाँको टिमसँग असहमत हुँदै नेकपामा प्रवेश गर्नुभएको थियो । नेकपा केन्द्रीय सदस्यको सपथ लिएर जिल्लाको जिम्मेवारीमा जानुभएका सीतारामले अन्तिममा अम्बिरले एमाले छाडेर आफ्नै दलमा आई टिकट पाएपछि असहमति जनाउनु भएको हो ।
उहाँले संकटको घडीमा ओखलढुंगा जिल्ला र मुलुकलाई अघि बढाउन एमाले आवश्यक रहेको भन्दै एमालेमा समाहित भएको घोषणा समेत गर्नुभएको छ । सितारामले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू क्रियाशील हुने घोषणा वक्तव्यमा गर्नुभएको छ । ओखलढुंगामा अम्बिरबाबुको कारण अन्य दलमा गएका नेताहरू उहाँले नै एमाले छाडेपछि धमाधम फर्कन थालेका छन । यही क्रममा सीताराम एमालेमै समाहित हुनुभएको हो ।














प्रतिक्रिया दिनुहोस्