दोलखा, माघ २१। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस निकट तरुण दल दोलखाका सभापति चित्र तामाङले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
तामाङले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाड्ने निर्णय गरेको जानकारी दिनुभएको हो । गएराती सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उहाँले नेपाली कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य तथा तरुण दल दोलखाको सभापति पदसमेत परित्याग गरेको उल्लेख गर्नुभएको छ ।
आसन्न निर्वाचनमा नेपाली कांग्रेस दोलखाको उम्मेदवार चयन हुनुअघि तामाङ नेता अजयबाबु सिवाकोटीको पक्षमा खुलेर समर्थन गर्दै आउनुभएको थियो । सिवाकोटीलाई उम्मेदवार बनाउनुपर्ने माग गर्दै उहाँले सामाजिक सञ्जालमार्फत लविङसमेत गर्नुभएको थियो ।
तामाङको पार्टी परित्याग घोषणाले दोलखामा कांग्रेसको आन्तरिक राजनीतिमा थप तरङ्ग ल्याएको छ । उहाँले लेख्नु भएको छ- ‘आजबाट साधारण सदस्य र क्रियाशील र तरुणका बा सभापति समेतको पद मैले त्यागेको घोषणा गर्दछु’, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्