काठमाडौं, माघ २१ । स्वास्थ्य बिमामा देखिएका समस्याबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाउनु भएको छ । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न भन्दै आज बुधबार सरोकारवालासँग छलफल गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमाबारे देखिएका समस्या समाधानका लागि सरोकारवाला पक्षसँग छलफल गर्न लागेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो एक बजे छलफल तय भएको सचिवालयले जनाएको छ ।
केही समययता विभिन्न अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा प्रवाह बन्द भएको बताउँदै आएका छन । सरकारले जनतालाई दुःख दिने नियतका साथ स्वास्थ्य बिमा रकम कटौती गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लागेपछि प्रधानमन्त्रीले चासो देखाउनु भएको सचिवालयको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्