काठमाडौं, माघ २१ । नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले वर्तमान सरकार निर्वाचन सार्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीबाट आएका अभिव्यक्तिहरूले निर्वाचन सार्ने संकेत देखिएको बताउनुभयो ।
“निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनुभएको छ,” थापाले भन्नुभयो, “केही दिनअघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिनुभएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो ।”
उहाँले सरकार निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले अनेक प्रकारका षडयन्त्र गरिरहेको दाबी गर्नुभयो । दलहरूलाई विवादमा तान्ने, न्यायालयमा आफ्नो प्रभाव विस्तार गर्ने र निर्वाचन प्रक्रियालाई कमजोर बनाउने प्रयास भइरहेको उहाँको आरोप थियो ।
थापाले लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गर्दै निष्पक्ष र समयमै निर्वाचन गराउन सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।











प्रतिक्रिया दिनुहोस्