काठमाडौं, माघ २३ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापा जानुहुने भएको छ ।
झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत बन्नुभएका ओली चुनावी अभियानलाई नै केन्द्रित गरेर झापा जान लाग्नु भएको हो । उहाँ झापा पुग्ने बित्तिकै विभिन्न भेटघाट र छलफलमा व्यस्त रहने कार्यसूची रहेको छ ।
ओली झापा पुग्ने खबर पाए पछि भद्रपुर विमानस्थलमा पत्रकारहरू पुगेका छन् । ओलीले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्नु हुने छ । त्यस पछि उहाँ भेटघाट र छलफलमा व्यस्त हुनुहुने भएको छ ।














प्रतिक्रिया दिनुहोस्