जनता टाइम्स

२३ माघ २०८२, शुक्रबार १४:३६

 दुर्गा प्रसाईँ फेरि पक्राउ


काठमाडौं, माघ २३ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ पुनः पक्राउ पर्नु भएको छ ।

प्रहरी टोलीले उहाँलाई चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उहाँ विरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । यसअघि दुई साताअघि मात्र हाजिरी जमानीमा रिहा भएका प्रसाईँलाई प्रहरीले बिहीबार पुनः नियन्त्रणमा लिएको हो।

प्रहरीले प्रसाईँमाथि लागेको उजुरीबारे थप अनुसन्धान भइरहेको जनाएको छ।