झापा, माघ २४ । जिल्ला प्रशासन कार्यालय झापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताहरुले सामाजिक एआईको दुरुपयोग गरी भ्रामक समाचार र तस्बिर फैलाउने कार्य गरेको भन्दै कडा चेतावनी दिएको छ । जिल्ला प्रशासनले बिज्ञप्ति नै जारी गरेर यस्तो आपराधिक काम नरोके कार्वाही गर्ने चेतावनी दिएको हो ।
केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ मा मतदाताले सिंहदरवार र संसद भवन जलाउनेलाई नो भोट अभियान चलाएपछि रास्वपाका उम्मेदवार बालेन साहको निर्देशनमा एआइई प्रयोग गरेर सम्पर्क कार्यालय तोडफोड गरेको भन्दै अफवाह फैलाइएको थियो । कार्यालयमा केही नभए पनि रास्वपाले हार हुने देखेर अहिलेबाटै अफवाह फैलाउने काम गरेको झापा ५ का मतदाताको बुझाई छ ।
मतदाता प्रतिवादमा उत्रन थालेपछि प्रशासनले पनि भ्रामक गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । कमल गाउँपालिका वडा नं २ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयमा आफैले ढुंगा हानेको जस्तो गरी एआइबाट सवै क्षति भएको प्रचार गरिएको छ । अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गर्दा एउटा झ्यालको सिसा मात्र फुटेको थियो । यस घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ ।
‘केही व्यक्तिले सोही घटनालाई अतिरञ्जित बनाएर प्रचार गरेका छन् । एआईको दुरुपयोग गरी गम्भीर प्रकृतिको तोडफोड भएको झूटो तस्बिर बनाएका छन् । ती भ्रामक तस्बिरहरू सामाजिक सञ्जालमा फैलाएर जनमानसमा भ्रम सिर्जना गरिएको पाइएको छ । प्रशासनले त्यस्ता गलत सूचना फैलाउने व्यक्ति र समूहको पहिचान गरिरहेको छ,’ प्रशासनले निकालेको सूचामा उल्लेख छ ।
प्रशासनले वास्तविक घटना र एआईबाट निर्मित नक्कली तस्बिर समेत सार्वजनिक गरेको छ । यस्ता भ्रामक समाचारको पछि नलाग्न प्रशासनले सवैलाई अपिल गरेको छ ।














प्रतिक्रिया दिनुहोस्