दमक, माघ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन क्षेत्रमा मतदाता केन्द्रित अभियान सुरु गर्नुभएको छ ।
मतदाता भेटघाटका लागि शुक्रवार गृहनगर दमक आइपुग्नु भएका झापा ५ का उम्मेद्वारसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले आज शनिवार बिहानैबाट निर्वाचन केन्द्रित भेटघाट थाल्नुभएको हो । शुक्रवार रातीसम्म यस क्षेत्रको अवस्था, बिरोधीको प्रचार र आगामी रणनीतिबारे सुझाव लिनुभएको थियो ।
शनिवार र आइतवार कमल गाउँपालिकाका बिभिन्न टोलमा अध्यक्ष ओलीले मतदाता भेटघाट र संक्षिप्त सम्बोधनको कार्यक्रम तय गरिएको हो । जसअनुसार शनिवार अध्यक्ष ओलीले निर्वाचन क्षेत्र कमल गाउँपालिकामा पर्ने पाडाजुँगीदेखि केर्खासम्म गरी १७ वटा कार्यक्रम तय गरिएको छ । जसअनुसार पाडाजुँगीको त्रिलोकेश्वर मन्दिर पुरानमा सहभागी भइसक्नु भएको छ ।
यस्तै शनिवार नै अमलगाँगी, किराँत चोक, छलफल चोक, समयगढ, बाँसबारी, सोलमारी, रसङपाडा, ढ्याङ्ग्रीमा भेटघाट तथा सम्बोधनको कायक्रम तय गरिएको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो । यसैगरी शनिवार नै सोनारा, क्याम्पा, केराधाप, बगाने टोल, बोहोरा टोल, सिंहदेवी मन्दिर, सानो केर्खा र केर्खामा मतदाता भेटघाट तथा सम्बोधनको कार्यक्रम तय गरिएको छ ।
साँझ ५ बजेसम्म भेटघाट सकेर अध्यक्ष ओली निवास फर्कनु हुनेछ भने साँझ दमकमा समाजका स्थापित ब्यक्तिसँग घरमै छलफल गर्ने कार्यक्रम रहेको छ । आइतवार भने २२ वटा भेटघाट र छोटो सम्बोधनको कार्यक्रम तय भएको छ ।














प्रतिक्रिया दिनुहोस्