काठमाडौं, माघ २५। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो राजनीतिक गतिविधिप्रति गम्भीर आशंका व्यक्त गर्नु भएको छ। उहाँले राजनीतिक बजारमा ‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेको’ चर्चा व्यापक भएको टिप्पणी गर्नु भएको छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले मुलुकको स्थायित्व कसको के–के प्राप्तिपछि सम्भव हुने हो भन्ने अन्योल रहेको बताउनुभएको छ। उहाँले राजनीतिक समीकरण र शक्ति सन्तुलनका चलखेलप्रति संकेत गर्दै यस्ता गतिविधिले देशलाई अस्थिरतामा धकेल्ने खतरा रहेको उल्लेख गर्नु भएको छ ।
बास्काेटाले राष्ट्रियता र लोकतन्त्र दल, नेता वा व्यक्तिभन्दा माथि रहन नसक्दासम्म हरेक पुस्ताले उस्तै हैरानी खेपिरहनुपर्ने चेतावनी दिनुभएको छ । यद्यपि उहाँले स्पष्ट रूपमा कुनै दल वा व्यक्तिलाई लक्षित नगरे पनि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा राजनीतिक बजारमा विभिन्न अड्कलबाजी भइरहेका बेला यस्तो टिप्पणी गर्नुभएको हो ।
बास्काेटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ : ‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा व्याप्त। क-कसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो थाहा छैन । राष्ट्रियता र लोकतन्त्र दल, नेता र ब्यक्ति भन्दा जहिल्यै माथि नरहेसम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै।’













प्रतिक्रिया दिनुहोस्