जनता टाइम्स

२७ माघ २०८२, मंगलवार १२:५०

काठमाडौंबाट रामेछापहुँदै ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु 


रामेछाप, माघ २७ । मन्थली नगरपालिका-भलुवाजोरस्थित वेनी नजिकैको मोडमा यात्रुवाहक बस दुर्घटना भएको छ।

बस तामाकोशी नदीमा खसेर डुबेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।