रामेछाप, माघ २८ । रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान बस खस्दा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्।
दुर्घटनामा परी केही यात्रु अझै हराइरहेको आशङ्का गरिएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण हालसम्म प्राप्त नभएको प्रहरीले जनाएको छ। घाइतेमध्ये गम्भीर घाइतेहरूको धुलिखेल अस्पताल र काठमाडौंका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाकाे गाम्नाङ तर्फ जाने साे बसले काठमाडौंबाट ९ जना यात्री चलानी गरेको थियो । बिचमा कति यात्रु चढेका थिए भन्ने यकिन छैन ।
मन्थली नगर अस्पतालले सार्वजनिक गरेको मृतकको नाम यस प्रकार रहेको छ —














प्रतिक्रिया दिनुहोस्