जनता टाइम्स

२९ माघ २०८२, बिहीबार १५:१८

चुनावी दौडधुपपछि अध्यक्ष ओली काठमाडौं फिर्ता, आन्दोलनमा नाममा जलाइएको पिताजीको घर अवलोकन


काठमाडौं, माघ २९। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ मा केही दिनदेखि जारी चुनावी प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरी आज काठमाडौं फर्किनुभएको छ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले झापामा रहँदा घरदैलो अभियानमार्फत मतदाताका गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्नुभएको थियो। उहाँले स्थानीय मुद्दा, विकासका आवश्यकता तथा जनचासोका विषयमा नागरिकसँग संवाद गर्नुभएको जनाइएको छ।

यसै क्रममा अध्यक्ष ओलीले भद्रपुर–१ हिमालीस्थित आफ्नो पुर्ख्यौली घरको पनि अवलोकन गर्नुभएको छ। उक्त घरमा ‘जेनजी आन्दोलन’का नाममा आगजनी गरिएको थियो। सो घरमा उहाँका बुबा बस्दै आउनुभएको थियाे ।

अध्यक्ष ओलीले घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण राजनीतिक संस्कार र विधिको शासन कायम हुनु आवश्यक रहेको धारणा राख्नुभएको  थियाे ।