काठमाडौं, माघ २९ । रवि लामिछाने र बालेन साहको ज्यादती र ठगी धन्दाबारे सत्य उजागर हुन थालेपछि रास्वपाका नेतादेखि कार्यकर्तासम्म पछुताउँदै धमाधम पार्टी छाडन थालेका छन् ।
सहकारी ठगीदेखि परोपकारी काममा उठाएको सहयोगसमेत श्रीमतीको बैङ्क खातामा सारेर रविले गरेको बदमासी र देश जलाउन बालेनले गरेको अपराधजन्य कामबारे थाह पाएपछि सो पार्टी छाडनेको लहर चलेको हो । यही क्रममा रास्वपातिर लागेका भक्तपुरका स्थापित युवा नेता सुमन थापा र हेटौडाका नवराज पहाडीले पश्चातापसहित रास्वपा त्यागेको लिखित जानकारी सामाजिक सञ्जालमै गराउनु भएको छ ।
भक्तपुर-२ का सुमन थापाले एमाले सचिव महेश बस्नेतसँग केही गुनासो रहेकोले रास्वपातिर लागेको भए पनि अव रास्वपा चिनिसकेकोले पुरानो घर एमालेमै फर्किएको घोषणा गर्नुभएको छ । देश जलाउने काममा रास्वपा संलग्न रहेको अनेकन् तथ्य आउँदै गर्दा सुमनले महेश बस्नेतसँग भेटेरै अव एमाले जिताउने अभियानमा लाग्ने बताउनु भएको छ ।
एमाले सचिव महेश बस्नेतसँगको भेटवार्तापछि रास्वपा छाडेर एमालेमै फर्किनु भएका थापाले भन्नुभयो, ‘अब घण्टी बजाउने होइन, घाम ताप्ने–सूर्यमा भोट हाल्ने ।’ एमाले सचिव तथा भक्तपुर-२ का उम्मेदवार बस्नेतसँग थापाले बिहीबार भेट्नुभएको हो । सो भेट लगत्तै सुमन रास्वपा छाडेर आफ्नो सबै टिमसहित एमालेमै फर्किनु भएको हो ।

सो क्रममा एमाले सचिव बस्नेतसँग थापाले भन्नुभयो, ‘तपाईँबाट केही अपेक्षा नपुगेकै हो, कहिलेकाहीँ घुर्की लगाएकै हो । दाइले भेट्नुभयो, कुरा बुझ्नुभयो, अब घर फर्किएँ, आजदेखि घण्टी बजाउने होइन, घाम ताप्ने–सूर्यमा भोट हाल्ने !’ थापा रास्वपा भक्तपुरका प्रभावशाली युवा नेताका रूपमा स्थापित हुनुहुन्छ । थापाकै कारण कतिपय लगनशील व्यक्तिहरू सो पार्टीमा लागेका थिए तर अव सबैले त्यागेका छन् ।
उता हेटौडाका पहाडीले त रास्वपाको सदस्यता नै जलाएको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा लिखित पत्रमै पहाडीले भन्नुभएको छ, ‘जजसले मोटो खाम नेतृत्वलाई बुझाउँछ उसैले टिकट पाउने, मुलुक निर्माण गर्ने कुनै भिजन र योजना नभएको खाली पुरानो दलहरुलाई गाली मात्र गरेर हिँड्ने समाज भँडुवाहरूको भीड भएको हुँदा लोकतन्त्र, राष्ट्रियता र संविधानको रक्षाको लागि यो घन्टे पार्टी परित्याग गरेको घोषणा गर्दै मैले झुक्किएर लिएको घन्टे पार्टीको सदस्यता जलाएको घोषण गर्दछु ।’
यस्तो छ पहाडीको पत्र
नमस्कार । म नवराज पहाडी
मैले लै–लैमा लागेर लगभग १ वर्ष अगाडि रास्वपा भन्ने पार्टीको सदस्यता लिएकोमा यो रास्वपा भन्ने पार्टी नेपाल र नेपालीको सेवाको लागि नभई विदेशीको दलाली गर्ने, टिकट बाँडफाँटमा समेत जजसले मोटो खाम नेतृत्वलाई बुझाउँछ, उसैले टिकट पाउने, मुलुक निर्माण गर्ने कुनै भिजन र योजना नभएको खाली पुरानो दलहरूलाई गाली मात्र गरेर हिँड्ने समाज भँडुवाहरूको भीड भएको हुँदा लोकतन्त्र, राष्ट्रियता र संविधानको रक्षाको लागि यो घन्टे पार्टी परित्याग गरेको घोषण गर्दै मैले झुक्किएर लिएको घन्टे पार्टीको सदस्यता जलाएको घोषण गर्दछु ।
नवराज पहाडी हेटौडा–५
९८५५०६९२५०













प्रतिक्रिया दिनुहोस्