काठमाडौं, फागुन १ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आइपुग्नुभएको छ। उहाँको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको उल्लेखनीय भीड देखिएको थियो।
उहाँलाई स्वागत गर्न राजावादी अभियन्ता दुर्गा प्रसाईं तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा लगायतका व्यक्तिहरू विमानस्थलमा उपस्थित हुनुभएको थियो।
प्रशासनले विमानस्थल क्षेत्रमा आजबाट निषेधाज्ञा जारी गरेको भए पनि समर्थकहरू विभिन्न स्थानमा भेला भएका थिए। विमानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने सुरक्षाकर्मीहरूको उपस्थिति उल्लेख्य देखिएको थियो।
पूर्वराजाको आगमनलाई लिएर समर्थकहरू उत्साहित देखिए पनि प्रशासनिक सतर्कताका कारण अवस्था नियन्त्रणमा राखिएको सुरक्षा स्रोतले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्