नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहनुभएको झापा-५ मा मतदाताको घरघरमा पुगेर मत माग्ने काम सुरु भएको छ । एकैपटक हजारौ एमाले नेता-कार्यकर्ता परिचालन गरेर ओलीलाई भोट माग्दै मतदाताका घरदैलोमा पुगेका हुन
दमक, फगुन १। नेकपा एमालेले आजदेखि झापा क्षेत्र नम्बर ५ का सबै घरघरमा पुगेर मतदाताका सुझाव संकलन र समस्या बुझ्न एकै पटक हजारौँ कार्यकर्ता परिचालन गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहनुभएको झापा-५ मा आजबाट यो अभियान चलाइएको हो । एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार मतदाताका सुझाव तथा पार्टीसँग प्रत्यक्ष जोड्ने उदेश्यले भेटघाटलाई तीब्र बनाइएको छ ।
भेटघाटमा पार्टीका आफ्नो भूगोलमा रहने केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी, जिल्ला, क्षेत्रीय कमिटिमा रहने सबै पदाधिकारी तथा सदस्य स्थानीय टोल समितिमा आवद्ध कार्यकर्ता सहभागि रहने गरी जनताका घर-घरमा पुगेर भेटघाट र छलफल गरिएको छ । यस क्रममा जनतबाट आएका सुझाव र पार्टीले खेल्नु पर्ने भूमिकाका बिषयलाई सम्बोधन गरिने जनाइएको छ ।
यस निर्वाचन क्षेत्र अन्र्तगतका २९ वटा वडाका सबै टोलमा पर्ने प्रत्येक घरमा पुगेर मतदातालाई निर्वाचनमा भाग लिन तथा नेकपा एमालेका उम्मेद्धार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिजयी गराउन समेत आग्रह गरिएको छ । झापाको दमक नगरपालिका ५ स्थित प्रशान्ति टोलमा भेटघाटमा ब्यस्त अनेमसंघ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालका अनुसार टोली आफ्नो क्षेत्र टोलका प्रत्येक घरमा पुगेर मतदातासँग छलफल गरिरहेका छ ।
घरमा पुग्दा धेरै मतदाताले उत्साह पूर्वक सुझाव दिएको उहाँले बताउनुभयो । भेटघाटको क्रममा जनताले दिएको आश्वाशन सुझावले आफुहरुलाई थप उत्साहित बनाएको दाहालकोे भनाई छ । यस क्रममा आगामी फागुन २१ गते हुने निर्वाचनमा देश बिकास गर्ने तथा देशको नेतृत्व गर्ने गरि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यो क्षेत्रबाट बिजयी गराउन सन्देश लिएर जनतासँग हामी अभियानको रुपमा अघि बढेका छौ ।
शुक्रबार आज आफ्नो टोलका झण्डौ ७० घरमा पुगेर भेटघाट गरिएको जानकारी अध्यक्ष दाहालले जानकारी दिनुभयो ।पार्टीको निर्वाचन रणनीति अन्र्तगत यो क्षेत्रका सबै वडाका सबै टोल कमिटीका एकै पटक एउटै योजना लिएर नेकपा एमालेका हजारौँ कार्यकर्ता परिचालन भएका छन् ।
यसरी परिचालन भएका कार्यकर्ताले अहिले सामाजिक सञ्जालमा एआईको प्रयोग गरेर फैलाइएका भ्रमहरु चिर्ने काममा लािगएको छ । सामाजिक सञ्जालमा लेखिने, बोलिन ज्यादै निकृष्ट शब्दहरुले समाजमा नकारात्मक सोचको बिकास भइरहेको छ ।
जसका कारण मिलेर बसेको नेपाली समाजको आत्मियता, सद्भाव र सम्भ्यता समेत गुम्दै गएको छ । यसलाई प्रस्ट पार्दै जनतालई भय रहित समाजमा रुपान्तरण एमालेको यो अभियान रहेको जनाइएको छ । जनतासँग एमाले सधै साथमा नै रहेको छ ।
आफ्नो टोलमा कुनै पनि उत्श्रृखल गतिबिधि र भ्रामक प्रचार गरेर दुर्घटना हुन नदिने गरि समाजमा एक आपसमा सद्भाव र मित्रवत व्यवहार कायम राख्न सबैमा अनुरोध समेत गरिएको जनाइएको छ । आजदेखि सबै टोलमा यो अभियानको रुपमा अघि बढाइएको छ । यो क्रम केही दिनसम्म निरन्तर जारी रहने समेत जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्