काठमाडौं, फागुन ४ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईँ लाई प्रहरीले पुनः पक्राउ गरेको छ।
प्रहरीका अनुसार उहाँलाई भक्तपुरस्थित उहाँकै निवासबाट नियन्त्रणमा लिइएको हो। पक्राउपछि उहाँलाई प्रहरी परिसर काठमाडौं लगिएको छ।
फागुन ७ लाई लक्षित गरी सडक आन्दोलन गर्न सक्ने आशंकामा सरकारले प्रसाईंलाई पक्राउ गरेको हाे । पछिल्लो समय विभिन्न सार्वजनिक अभिव्यक्तिमार्फत उहाँले आन्दोलनको घोषणा गर्दै आउनुभएको थियो।
यसअघि माघ २३ गते पनि उहाँलाई काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेलबाट पक्राउ गरिएको थियो। त्यसबेला माघ २५ गते हाजिरी जमानीमा रिहा हुनुभएको थियो।
पछिल्लो पक्राउसँगै प्रसाईं नेतृत्वको अभियान र सरकारबीचको टकराव फेरि सतहमा आएको छ। प्रहरीले शान्ति–सुरक्षा कायम राख्ने दाबी गरेको छ भने समर्थकहरूले राजनीतिक दमनको आरोप लगाउँदै आएका छन्।













प्रतिक्रिया दिनुहोस्