काठमाडौं, फागुन ६ । नेपाली कांग्रेस ले आसन्न निर्वाचनका लागि तयार पारेको प्रतिज्ञापत्र केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा पारित गरेको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले उक्त प्रतिज्ञापत्र अनुमोदन गरेको हो। बैठक सभापति गगन थापा को अध्यक्षतामा सम्पन्न भएको थियो।
पार्टीका अनुसार व्यापक आन्तरिक छलफल र सुझाव संकलनपछि तयार पारिएको प्रतिज्ञापत्रलाई औपचारिक रूपमा बैठकबाट पारित गरिएको हो। आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आफ्नो नीति, योजना तथा प्राथमिकताहरू समेटिएको दस्तावेज सार्वजनिक गर्न लागेको जनाएको छ।
कांग्रेसले आजै मधेश प्रदेशको राजधानी जनकपुर मा प्रतिज्ञापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। त्यसअघि पार्टीले केन्द्रीय समितिबाट सर्वसम्मत पारित गर्दै औपचारिकता पूरा गरेको हो।
प्रतिज्ञापत्र सार्वजनिक भएसँगै निर्वाचन अभियानलाई थप सशक्त र व्यवस्थित बनाउने कांग्रेसको तयारी रहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्