धनगढी, फागुन ६। रास्वपा वरिष्ठ नेता बालेन साहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताउनु भएको छ ।
बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता बालेनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने भन्दै भोट माग्न नआएको बताउनु भएको हो । ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है’, बालेनले भन्नुभयो ।
आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने बालेनले बताउनु भयो । ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस्,’ उनले भने ।













प्रतिक्रिया दिनुहोस्