जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १८:५८

घट्यो सुनका मुल्य, यस्तो छ प्रतितोला मुल्य


काठमाडौं, मंसिर २० । बिहेको सिजन रहेको मंसिरमा पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि घटेको हो । आज प्रतितोला ३ सय रुपैयाले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयामा बिक्रि भएको छ । बिहीबार छापावाला सुन प्रतितोला ७२ हजार रुपैयामा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ४ सय निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८ सय ५० रुपैयामा खरिदबिक्री भइरहेको महासङ्घको भनाई छ ।