काठमाडौँ, फागुन ९ । नपाली कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य मनीषा अधिकारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ।
एमाले नेतृ रामकुमारी झाँक्रीले एमाले विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा लाग्नुभएका नेताहरुलाई पुनः घर फर्काउने अभियानका क्रममा अधिकारीसहित युवापंक्ति पार्टीमा समाहित भएको जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय विभिन्न तहका नेता–कार्यकर्ताहरु एमालेमा पुनः आबद्ध हुने क्रम बढ्दो रहेको छ।
नवप्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ। यस प्रवेशलाई एमालेले संगठन सुदृढीकरण तथा एकताको सन्देशका रूपमा लिएको बताइएको छ।













प्रतिक्रिया दिनुहोस्