सुनसरी, फागुन ९ । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ।
सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहामा आयोजित चुनावी कार्यक्रममा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की सम्बोधन गर्न जाने क्रममा रास्वपाका केही युवासँग जम्काभेट भएपछि विवाद बढेर हात हालाहालको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।
परिस्थिति असामान्य बन्दै गएपछि प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरवितर बनाउन लाठीचार्ज गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ।
कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल का कार्यकर्ता र रास्वपाका कार्यकर्ताबीच झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ।
स्थानीयका अनुसार दुवै पक्षका कार्यकर्ता छिमेकी भए पनि फरक–फरक राजनीतिक दलमा आबद्ध भएकाले विवाद चर्किएको थियो। केहीबेर तनावग्रस्त अवस्था रहे पनि अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्