काठमाडौं, फागुन ११। नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा सुदृढ रूपमा अघि बढाउन आगामी निर्वाचन अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको छ।
काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहनुभएका उहाँले सोमबार हाँडीगाउँमा घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै देश असामान्य परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन निर्णायक हुने उहाँको छ ।
उहाँले देश निर्माणको स्पष्ट दृष्टिकोण र क्षमता एमालेसँग मात्रै रहेको दाबी गर्नुभयो। निर्वाचन क्षेत्रका मतदाता तथा पार्टी कमिटीको आवश्यकताअनुसार आफू उम्मेदवार बनेको बताउँदै उहाँले जनताका समस्या समाधान र विगतमा अघि सारिएका योजनाहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आफ्नो कार्यकालमा गरेका कामबारे मतदाता जानकार रहेको उल्लेख गर्दै उहाँले जनताले आफूलाई पुनः विश्वासका साथ विजयी गराउने विश्वास व्यक्त गर्नुभयो।
काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट ईश्वर पोखरेल उम्मेदवार रहनुभएको छ भने नेपाली कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सस्मित पोखरेल उम्मेदवार रहनुभएको छ।













प्रतिक्रिया दिनुहोस्