काठमाडौं, फागुन १२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्यको उम्मेदवारीका क्रममा निर्वाचन प्रचारप्रसारका लागि गृह मन्त्रालयले रोक लगाएको ‘सनरुफ गाडी’ प्रयोग गर्दै झापा जिल्लामा मत माग्ने गतिविधि सञ्चालन गर्नु भएको छ ।
लामिछाने गाडीबाट शरीर निकाले झापा पुग्नु भएको हो । गृह मन्त्रालय, केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका प्रमुखहरूको बैठकले उम्मेदवारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यस्तो गाडी प्रयोग गर्न नदिने निर्णय गरिसकेको थियो। तर रवि लामिछानेले उक्त निर्देशनको बाबजुद ‘सनरुफ गाडी’मा निस्किएर झापा जिल्लाका विभिन्न स्थानमा प्रचार प्रसार जारी राख्नु भएको छ ।
उम्मेदवारले चुनावी प्रचारका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो घोषणापत्र र राजनीतिक विचार साझा गर्ने क्रममा यो गाडी प्रयोग गर्नु एक प्रकारको लोकप्रियता र जनसम्पर्कको माध्यमका रूपमा देखिएको छ। निर्वाचन प्रचारको यस प्रकारको गतिविधि निर्वाचन ऐनको दृष्टिले संवेदनशील मानिएको छ।
यसैबिच निर्वाचन आयोगले निर्वाचन ऐन, प्रचार–प्रसार नियमावली र सुरक्षा निर्देशनहरूको पालना गर्न सबै उम्मेदवारलाई कडाइका साथ स्मरण गराएको छ। मतदाता सुरक्षा र निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न आवश्यक पहललाई प्राथमिकतामा राख्ने आयोगको योजना रहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्