बाघ भएर वन बलियो हुन्छ, वन भएर बाघ बलियो हुन्छ । आज केपी ओली र झापाको सम्बन्ध बाघ र वनको जस्तो रहेको छ । काठमाडौंमा केही नगरेर ढाँटेर भागेका बालेन साह हारे एक्लै हार्ने छन् र जिते उनी एक्लै सिङ्गो झापामाथि हाबी हुनेछन् तर ओली जित्दा हरेक झापाली आधुनिक सिकन्दर हुनेछन्, झापा, झापाली, झापा विरासतले जित्नेछन् । जिउँदा शहीद ओलीले जित्दा खासमा देशवासीलाई सुखको खानी दिने सुखानी र सुखानीका शहीदहरूको रगत विजयी हुनेछ ।
दयालबहादुर शाही
नेपालको राजनीतिमा गोर्खा विरासत, विराटनगर विरासत, झापा विरासत र रोल्पा विरासतको खास महत्त्व छ । गोर्खा नेपाल एकीकरणको विरासत हो । विराटनगर तीन-तीन ओटा जनआन्दोलनको मियो बन्यो । झापा र एमालेको उदयमा अधिक खून, श्रम, पसिना र आँसु झापा र झापालीहरूको लागत भयो भने माओवादी जनयुद्धमा र माओवादीको उदयमा अधिक खून, श्रम, पसिना र आँसु रोल्पा र रोल्पा लीहरूको लागत भयो । गोर्खा र विराटनगर विरासतको टक्करमा जनताको युगको पल्ला भारी गर्नमा झापा विरासत र रोल्पा विरासत महत्त्वपूर्ण योगदान रह्यो ।
यसैले यस पटक निर्वाचनको मूल आकर्षण बन्न पुगेको झापा निर्वाचन क्षेत्र नं. ५ को नतिजा केबल एमाले, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित छैन, आफू जागेर अरू जिल्लालाई ब्युँझाउने र ठूल्ठूला जनआन्दोलनहरूको महानायकत्व प्रदान गर्ने झापा, झापालीहरू र झापा विरासतको गौरवशाली परिचय पत्र नवीकरणसँग जोडिएको छ ।
काठमाडौंमा केही नगरेर ढाँटेर भागेका बालेन साह हारे एक्लै हार्ने छन् र जिते उनी एक्लै सिङ्गो झापामाथि हाबी हुनेछन् तर ओली जित्दा हरेक झापाली आधुनिक सिकन्दर हुनेछन्, झापा, झापाली, झापा विरासतले जित्नेछन् । जिउँदा शहीद ओलीले जित्दा खासमा देशवासीलाई सुखको खानी दिने सुखानी र सुखानीका शहीदहरूको रगत विजयी हुनेछ । रित्तो लठुवा पछारिदा केही बिग्रिँदैन तर दहीको ठेकी बोकेको गोठालो पछारिदा दही पोखिन्छ, ठेकी फुट्छ र परिवारको खुसीयाली सबै खोसिन्छन् ।
आवश्यकता नै आविष्कारको जननी हो । पृथ्वीनारायण शाह, विश्वेश्वरप्रसाद कोइराला, केपी शर्मा ओली र वर्षमान पुन बारम्बार जन्मिँदैनन् । पृथ्वीनारायण शाहको उदय, उनले गठन गरेको सेना, उनले एकीकरण गरेको नेपालको जगमा टेकेर धेरै पुस्तासम्म धेरैलाई देन दिन सजिलो भयो । राजाहरूको युगमा भोग विलास, ऐश आराम र शान शौकतको जीवन बिताएर वा त्यस्तो प्रकारको राजनीति गरेर प्रकारान्तरले मकै पिसिँदासँगै सँगै पिसिने घुनको जस्तो खतरापूर्ण नियतिको मुखमा उभिएका राजाहरू भन्दा भिन्न थिए पृथ्वीनारायण शाह ।
उनी स्वास्नी सिँगार्ने देश बिगार्ने रसायनले बनेका थिएनन् । उनको दिमागका सपना, योजना र जनता जुटाउने जपना थियो । उनी राज खानदानका थिए तर गोर्खा जस्तो तन्नम पर्वते राज्यलाई धनकुबेर काठमाडौंमाथि चडाइँ गर्नलाई चाहिने सेना, कोष, हिम्मत र नेतृत्वको आपूर्ति गर्ने महागुरु बिसे नगर्चीलाई माने । उनी कौशल्यावती पट्टिबाट जन्मिएका थिए तर जेठीमाता चन्द्र प्रभावतीबाट राजकीय सुझबुझले दीक्षित भए । उनी विराज बखेतीलाई मन पराउँथे तर उनले जनताको मनोविज्ञान बुझेर कालु पाण्डेलाई काजी बनाए । उनमा ज्ञान, विज्ञान र मनोविज्ञान मध्ये कसलाई कहाँनेर स्थान दिने भन्ने उच्च समझ थियो । उनले यी सब सदाचारहरू दिमागले होइन, दिलले नै गरेका थिए ।
परिणाम स्वरूप हात्तीले केराका थाम उखेलेझैँ इरान, अफगानिस्तान, पाकिस्तान, भारतभरका छ सय राज्यहरू उखेल्ने बेलायती साम्राज्य एकताको मियोमा उभिएको नेपालसामु पटक पटक समान हैसियतमा उभिएर सम्झौता गर्न बाध्य भयो । पृथ्वीनारायण शाहले देशको एकीकरण सबै नेपालीका लागि गरेका थिए तर कमाउँछ कालु खान्छ भालु भयो । जोर जम्माको ‘ज’ पछि झगडाको ‘झ’ आउँछ । कागको फुल चोर्ने बाउ, त्यस्तो बाउको बगली मार्ने छोरो । ६ वटा भाइको सहयोगमा कोतपर्वमा विरोधी जतिलाई सखाप पारेर जङ्गबहादुर राणा शत्रु शून्य भएका थिए तर १९४२ साल पर्वमा जङ्ग खलकको कत्लेआम गरेर १७ भाइ शमशेर खलकको रजगज चल्यो ।
२००७ सालमा जनआन्दोलनको बलले जनताको युगको सूत्रपात भयो । पिताजी कृष्णप्रसाद कोइरालाको मृत्यु र दाजु मातृकाप्रसाद कोइरालाको पलायनका बाबजुद विश्वेश्वरप्रसाद कोइरालाले सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि, बलबहादुर राई, भीमबहादुर तामाङ, कुलबहादुर गुरुङ जस्ता लामो दौडका घोडा जस्ता असल सहकर्मीको साथ लिएर आधुनिक राष्ट्रलाई चाहिने देशभर प्रभाव रहेको नेपाली कांग्रेस जस्तो राजनीति दल खडा गरे ।
लोकतन्त्रमा जागेका जनता नै सबैखाले शक्ति र सबै व्यक्तिका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुन् । झापाली र झापाको चेतनामा फ्युज जाने अड्कलबाजी एक दुःस्वप्न हो । अन्य जिल्लामा नेता र नेतृत्वको निर्यात गर्ने झापामा नेतृत्वको आयातको दुष्चेष्टा कमिलाको नदी सुकाउने दुस्साहस हुनेछ । अराजकताको खेती, आगजनी, आतङ्क र तोडफोडको खन्नखोस्रन, दण्डहीनताको छुटपूर्जी, उक्साहटको मलजल झापा, झापाली र झापा विरासतमाथि अभूतपूर्व धावा बोलाई हो । झापा र झापालीमाथिको यो हेपाई र कम आङ्कलन सुतेको सिंहमाथि उफ्रिने फ्याउरोको विनाशकाले विपरीत बुद्धि हो

बीपीले देशलाई दिएको महत्त्वपूर्ण देन भनेकै नेपाली कांग्रेस हो । २०१७ सालबाट शत्रु शून्य हुन खोजेको प्रतिगमनसँग २०२७ सालमा आएर झापाले एक्लै दह्रो पङ्गा लियो । वीरंंगना झापाली आमाहरूले देशको लागि छोराहरूको बली दिइन् । उब्जाऊ झापाको भूमिले इतिहासमा पहिलो पटक आफ्नै वित्त र आफ्नै चित्तले चलेको राजनीतिक आन्दोलनको आँधीबेहरी सृजना गर्यो । केपी ओली सीपी मैनाली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम जस्ता झापा आन्दोलनको रापतापमा उदाएका हस्तीहरूमध्ये केपी शर्मा ओलीको मात्र महायात्राका अविश्रान्त पथिकका रूपमा मौजुदी छ, जुन झापा, झापाली र झापा विरासतको ननासिने नासो हो र चिनो हो ।
शेयर बजार खस्केर केही बिग्रिहाल्दैन । देश बरबाद त्यति बेला हुन्छ जब मानव सभ्यताको चेतना स्तर खस्किन्छ । २०६४ सालमा एक जना अति महत्त्वाकाङ्क्षी महामूर्खको भ्रममा परेर नेपाल र नेपालीले दुःख पाए । अहिले तीन जना अति महत्त्वाकाङ्क्षी पटमूर्खको उफ्रिपाफ्री र अराजकताको छुटपूर्जीले हद नाघेको छ । सङ्घर्षशील पिताका भाग्यमानी छोरा रवि, बालेन र गगनको असली औकात भनेको गहुँको बालो र धानको बालो छुट्टाउन नसक्ने हो । खरिद गरेका बुद्धिजीवीहरूले तथाकथित नेतात्रयको दूध कहाँबाट आउँछ भन्दा गाईको थुनाबाट होइन, पोकाबाट आउँछ भन्ने उनीहरूमा रहेको बाक्लै बालभ्रम हटाइदिएको केही वर्ष मात्र हुँदैछ ।
केही वर्ष अघि थानकोटपारि पनि नेपाल छ त भनेर प्रश्न गर्ने अल्लारे भाग्यमानीहरू सर्वज्ञ हुनु र तिनकै अण्टसण्टका पछि मान्छे कुद्नु मानव चेतना स्तरको भयावह गिरावट हो । त्यहाँ भन्दा अपूरणीय क्षति हुनेछ, अति महत्त्वाकाङ्क्षा र यसको पूर्तिका लागि विचार, विरासत, योगदान र आदर्शमाथिको हमला, षडयन्त्र, अनादर र हिलो छपाई । अग्रजको तेजोवधबाट उठेका भाग्यमानी कंसहरूलाई सधैँ भाग्यले साथ दिँदैन । गीता भन्छ– ‘अविवेकीको पतन अनेक प्रकारले हुन्छ । अत्याचारीको रजगज दुःखान्तमा टुङ्गिन्छ । निष्ठा बिनाका खलनायकहरूको उफ्रिपाफ्री विश्वदादा रावणको जस्तै सर्वनाशमा गएर सकिन्छ । उल्का र छुद्र ग्रहको आगमन एक अनिष्ट मात्र हो ।
इतिहास झापाबाट कम ऋणी छैन । शान सौकतको प्रदर्शनमा भतारिएको राजनीतिलाई जनताको चाहराएको घाउको मलमको मोडमा उतार्ने झापा । गाँजा खाऊ, जयगान गाऊ र तानासाहको शासनकाललाई लम्ब्याऊको नसामा लट्ठिएकाको कानमा विद्रोहको बिगुल फुकेर जनताको युग ल्याउने झापा । हुने र सक्नेले खाने नहुने र नसक्नेले मर्ने चक्र तोडेर चिसो चुलोमा राजकीय ढुकुटी पुगाउने सपनालाई वास्तविकतामा बदल्ने झापा । झापाले बगाएको रगतले नै दैव, दरबार र दिल्लीको चक्रव्यूहमा परेको राजनीति मानवीय पहल, जनताको जागरण र एकताको खेल बन्न सकेको हो ।
मुर्छित मातृभूमिलाई झापामा बगेको रगतले नै चेष्टामा ल्याएको हो । निरंकुतासँग लड्दा लड्दा चाउरिएका अनुहार, सुख्खा ओठ, जीर्ण कायाका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालालाई न्याय, सम्मान र उच्चो आसन दिने शक्तिको श्रोत झापालीको पौरख थियो । झापा विरासतको जगमा उभिएरै नेकपा (एमाले) जस्तो विचार, जलाधार र सदाचारको त्रिवेणी राजनीतिक दलको उदय भयो । झापा विरासतले नै जननेता मदन भण्डारी जस्तो मति, गति र सरस्वतीको त्रिवेणी विचारक र महानायक जन्माउन सक्यो । झापा विरासतकै जगमा उभिएर जनताको बहुदलीय जनवाद प्रतिपादन र मार्क्सवादको पुनर्व्याख्या सम्भव भयो ।
बाघ भएर वन बलियो हुन्छ, वन भएर बाघ बलियो हुन्छ । आज केपी ओली र झापाको सम्बन्ध बाघ र वनको जस्तो रहेको छ । काठमाडौंमा केही नगरेर ढाँटेर भागेका बालेन साह हारे एक्लै हार्ने छन् र जिते उनी एक्लै सिङ्गो झापामाथि हाबी हुनेछन् तर ओली जित्दा हरेक झापाली आधुनिक सिकन्दर हुनेछन्, झापा, झापाली, झापा विरासतले जित्नेछन् । जिउँदा शहीद ओलीले जित्दा खासमा देशवासीलाई सुखको खानी दिने सुखानी र सुखानीका शहीदहरूको रगत विजयी हुनेछ । रित्तो लठुवा पछारिदा केही बिग्रिँदैन तर दहीको ठेकी बोकेको गोठालो पछारिदा दही पोखिन्छ, ठेकी फुट्छ र परिवारको खुसीयाली सबै खोसिन्छन् ।
लोकतन्त्रमा जागेका जनता नै सबैखाले शक्ति र सबै व्यक्तिका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुन् । झापाली र झापाको चेतनामा फ्युज जाने अड्कलबाजी एक दुःस्वप्न हो । अन्य जिल्लामा नेता र नेतृत्वको निर्यात गर्ने झापामा नेतृत्वको आयातको दुष्चेष्टा कमिलाको नदी सुकाउने दुस्साहस हुनेछ । अराजकताको खेती, आगजनी, आतङ्क र तोडफोडको नखोस्रन, दण्डहीनताको छुटपूर्जी, उक्साहटको मलजल झापा, झापाली र झापा विरासतमाथि अभूतपूर्व धावा बोलाई हो । झापा र झापालीमाथिको यो हेपाई र कम आङ्कलन सुतेको सिंहमाथि उफ्रिने फ्याउरोको विनाशकाले विपरीत बुद्धि हो ।













प्रतिक्रिया दिनुहोस्