नुवाकोट, फागुन १४। नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका नुवाकोट जिल्ला उपाध्यक्ष सन्तोष गुरुङसहित पाँच युवा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।
शिवपुरी गाउँपालिका निवासी सन्तोष गुरुङसँगै रमेश गुरुङ, रुपेश तामाङ, विवेक गुरुङ र साजन गुरुङले एमालेको नीति, विचार, सिद्धान्त तथा राष्ट्रवादी अडानप्रति आकर्षित भई पार्टी प्रवेश गर्नुभएको जनाइएको छ। उहाँहरूले नुवाकाेट- १ का युवा उम्मेदवार बद्री मैनालीको स्पष्ट विकास भिजन र मिलनसार कार्यशैली मन परेर एमाले रोजेको बताउनुभएको छ।

नवप्रवेशीहरूलाई नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीले औपचारिक रूपमा स्वागत गर्दै खादा र अबिर लगाएर सम्मान गर्नुभएको थियो। सो अवसरमा उहाँले पार्टीभित्र युवाहरूको सक्रिय सहभागिताले विकास र समृद्धिको मार्ग अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले राष्ट्रहित, सुशासन र समृद्धिको एजेन्डामा एकताबद्ध भएर अघि बढ्न युवाहरूलाई आह्वानसमेत गर्नुभयो। एमालेमा युवाहरूको आकर्षण बढ्दै गएको दाबी गर्दै उहाँले आगामी निर्वाचनमा यसको सकारात्मक प्रभाव पर्ने बताउनुभएको थियो।













प्रतिक्रिया दिनुहोस्