काठमाडौं, फागुन १५। निर्वाचन आयोगले १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार भन्दा बढीमाथि निर्वाचन आचारसंहिता उल्लंघनको कारबाही भएको तथ्य सार्वजनिक गरेको छ । शुक्रबार पत्रकारसँग कुराकानी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिनुभएको हो ।
‘पूरा १६५ निर्वाचन क्षेत्रमा एक हजार वटा कारबाही गरेको रिपोर्ट आयोगमा आएको छ । त्यसको अतिरिक्त कसैले आचारसंहिता उल्लंघन गर्यो भने उसलाई स्पष्टीकरण सोधेर त्यसको फाइल विश्लेषण गरेर निर्णय गर्नुपर्नेछ,’ भण्डारीले भन्नुभयो ।
उहाँले आचारसंहिता उल्लंघन गरेको विषयमा सजायमुखी निर्णय गरेको जानकारीसमेत दिनुभयो । आयोगले नेकपाका उम्मेद्वार शक्तिबहादुर बस्नेतसहित उम्मेद्वार निकोलश भुसाल र श्रम संस्कृति पार्टीलाई २५ हजारको दरले जरिवानाको निर्णय गरिसकेको छ । ‘त्यसको अतिरिक्त केही देखियो भने हामी तुरुन्तै निर्णय गर्छौँ ।
निर्वाचन हुनुपूर्व जति पनि उजुरी परेको छ, २० गतेभित्र हामी निर्णय गरिसक्छौँ,’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्